काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । युएईको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले लिओनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्होलाई पछि पार्दै प्लेअर अफ दि सेन्चुरी अवार्ड जितेका हुन् ।
उनी सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका हुन् । यसबीचमा उनले पाँचपटक च्याम्पियन्स लिग, म्यानचेष्टर युनाइटेडबाट तीन प्रिमियर लिग, रियल मड्रिडबाट दुई ला लिगा र पोर्चुगलका लागि युरो कप र नेसन्स लिग जितेका छन् ।
यस्तै ग्लोबल सकर अवार्डमा रोवर्ट लेवान्डोस्कीले सन् २०२० को वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते । उनले रोनाल्डो र मेसीलाई पछि पार्दै सो अवार्ड जितेका हुन् । बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्दा बायर्नले क्लब अफ दि इअरको अवार्ड जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया