पार्टी विभाजनको विरुद्ध सशक्तरुपमा लागौं- भीम रावल

RSS
0
Shares

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी समिति सदस्य भीम रावलले देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन् ।

आज धनगढीमा आयोजित कार्यकर्ता भेलामा उनले लोकतन्त्रका हिमायती प्रत्येक देशभक्त नेपाली तथा नेकपाका सम्पूर्ण नेता र कार्यकर्तालाई पार्टी विभाजनको विरुद्धमा सशक्तरुपमा लाग्नुपर्ने बताए । नेता रावलले देशको वर्तमान र भोलिको भविष्य सुरक्षित गर्न, स्वतन्त्र परराष्ट्र नीतिको सुरक्षा तथा नेपालको संविधानको रक्षार्थ एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गरे ।

“नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा धेरै उकाली, ओरालीको सामना गरेका छौँ”, उनले भने, “हामीले अब आउने दिनमा कानूनी र राजनीतिक दृष्टिकोणबाट सशक्तरुपमा पार्टी र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने काममा लाग्ने छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?