सिरहा-बोक्सीको आरोपमा आफ्नै सासू आमालाई कुटपिट गरी हत्या गरेर फरार एक महिलालाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–३ निवासी ३५ वर्षीया मन्जुदेवी साह रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा मन्जुदेवीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम पौडेलले जानकारी दिए ।
बोक्सीको आरोप लगाउँदै मन्जुदेवीले ८५ वर्षीया सासू सुदामादेवी साहलाई गत कात्तिक ११ गते कुटपिट गरेकी थिइन् । बुहारीको कुटपिटबाट गम्भीर घाइते सुदामादेवीको उपचारको क्रममा मृत्यु भएको थियो ।
पक्राउ परेकी मन्जुदेवीलाई आजै आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाएको प्रवक्ता पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया