काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् । उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् ।
चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पुरा गरेपछि मात्रै जान दिइने व्यवस्था गरिएको छ । सरकारी प्रावधान पुरा गरी चिनियाँ कामदार नेपाल आएका हुन् । उनीहरुले संक्रमणलाई ध्यान दिई पिपिई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दा सम्म उच्च सुरक्षा सावधानी अपनाउने बताईएको छ ।
यसरी चीनबाट सुरक्षा सावधानीसाथ नेपाल प्रवेश गरेसँगै अन्य देशबाट पनि कोरोना खोप लगाई नेपाल आउने बाटो खुल्ला भएको छ । कोरोना खोप लगाएका कुनैपनि विदेशी नागरिक नेपाल भित्रिने क्रम बढेमा आगामी दिनमा पर्यटन क्षेत्रपनि लयमा फर्किने पर्यटन व्यवसायीहरु बताउँछन् ।
चीनबाट यसपटक कोरोना विरुद्धको खोप लगाएका ५२ जना कामदार नेपाल आएका हुन् । थप कामदार पनि कोरोना खोप लगाएर नेपाल आउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया