चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन गर्ने यादव पक्राउ

काठमाडौं । चिनियाँ हस्तक्षेपबिरुद्ध प्रदर्शन गर्ने राष्ट्रिय एकता अभियानमा आवद्ध केहि प्रदर्शनकारीहरूलाई काठमाडौंको भाटभटेनीबाट प्रहरीले पक्राउ गरेको छ ।

आज (आइतबार) साँझ करीव ५ बजे अभियानका संयोजक विनय यादवसहित करीव दुई दर्जन कार्यकर्तालाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

अभियानका संयोजक यादवले नेपाल कम्युनिष्ट पार्टीलाई इङ्गित गर्दै चीनले नेपाली राजनैतिक दलमा हस्तक्षेप गर्ने गरेको, नेपाली भूमी मिचेको र सगरमाथामाथि गिद्धेदृष्टि लगाएकोले आफुहरू प्रदर्शनमा उत्रिन बाध्य भएको बताए।

प्रदर्शनको क्रममा उनीहरुले ‘चिनियाँ हस्तक्षेप बन्द गर’, ‘नेपाली राजनैतिक दललाई स्वतन्त्रता देउ’ ‘मिचेको भूमी फिर्ता गर’ र ‘सगरमाथामाथी गिद्धेदृष्टि नलगाउ’ लगायत नाराहरू लगाएका थिए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

अभियानले यसअघि पनि चिनियाँ हस्तक्षेप विरुद्ध प्रदर्शन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?