काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका कार्यकर्ताले आज आइतबार जिल्ला पार्टी कार्यालय बझाङमा ताला लगाएका छन् ।
प्रचण्ड–नेपाल समूहले एकतर्फी रुपमा गुट भेला गरी कार्यालय दुरुपयोग गरेको ओली पक्षका कार्यकर्ताले ताला लगाएका हुन् ।
अनेरास्ववियू बझाङका संयोजक प्रविन्द्र धामीका अनुसार पार्टीको विवाद निर्वाचन आयोगमा पुगेको र कुन पार्टी आधिकारिक हो भन्ने फैसला नआएको सर्न्दभमा कुनै एक पक्षबाट कार्यालयको दुरुपयोग हुन नदिन तालाबन्दी गरिएको हो ।
केन्द्रमा पार्टीका अध्यक्षको लडाईंका कारण प्रदेश र स्थानीय तहसम्मै तनाव उत्पन्न भएको छ ।
संयोजक धामीका अनुसार टुटफुटका गतिविधिहरुमा पार्टी कार्यालय प्रयोग हुन थालेपछि तालाबन्दी गरिएको हो ।
उनले पार्टीको आधिकारिकता सम्बन्धी विवादको अन्तिम टुंगो नलागेसम्म ताला नखोलिने अडान लिएको समेत बताए ।
भोली (सोमबार) जिल्ला कमिटीको बैठकका लागि प्रचण्ड–नेपाल समूहका केन्द्रीय नेताहरु बझाङ जाने थाहा पाएपछि तालाबन्दी गरिएको भन्दै प्रचण्ड नेपाल समूहका कार्यकर्ता आक्रोशित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया