मन्त्रालयबाट बिदाई हुँदै गर्दा मन्त्री अर्यालले लगाइन् यस्तो आरोप

RSS
0
Shares

काठमाडौं । निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहुँचवाला व्यक्ति तथा पूर्व मन्त्रीहरु नै सक्रिय रहेको बताएकी छिन् ।

मन्त्रालयले आज(आइतवार) सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।

समारोहलाई सम्बोधन गर्दै उनले राज्यको सम्पत्ति दोहन गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउन कर्मचारीले सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिइन् ।

मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको नयाँ नक्सा पारित तथा थुप्रै रचनात्मक काम गरेको दाबी गरिन् ।

मन्त्री अर्यालले आजै कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगी पद बहाली गरेकी छिन् । नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?