तीन दिनदेखि बेपत्ता युवक मृत फेला

RSS
0
Shares

काठमाडौं । तीन दिनअघि घरबाट बेपत्ता भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका २१ वर्षीय पङ्कजसिंह कार्की मृत फेला परेका छन् ।

गत बिहीवार बेपत्ता भएका कार्की आज (आइतवार) भीमदत्त–३ स्थित खन्नेखोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

“मृतकको खोजीमा सल्फास नामक विष भेटिएको छ”, प्रवक्ता थापाले भने, “घटनाबारे थप अनुसन्धान हुँदैछ । प्रहरीले शव परीक्षणका लागि महाकाली अस्पताल पुर्‍याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?