काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २०८ जनालाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये ८३ जना महिला र १२५ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं जिल्लामा मात्रै २ हजार ८९१ सक्रिय केस रहेका छन् भने ९२ हजार ८९९ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ४६४ जनाको मृत्यु भएको छ भने ९६ हजार २५४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भक्तपुरमा १७३ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ८ हजार ५१० जना निको भएका छन् । त्यस्तै हालसम्म ९८ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ७८१ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ललितपुरमा ३८९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै १४ हजार ५३४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १४५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १५ हजार ६८ जनालाई कोरोना संक्रमण भएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८२५ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३१ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ ।
अहिलेसम्म नेपालमा १९ लाख ९ हजार ६५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया