राष्ट्रपति भण्डारीले बोलाइन् राष्ट्रियसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छन् । उनले पुस १७ गते शुक्रवार दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले संविधानको धारा ९३ को उपधारा १ बमोजिम बैठक बोलाइएको आइतवार जारी विज्ञप्तिमार्फत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?