बाटोमा चिप्लिएर पर्वतमा एक वृद्धको मृत्यु

पर्वत । बाटोमा चिप्लिएर पर्वतमा एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको महाशिला गाउँपालिका-४ पाखापानी बस्ने ७० वर्षीय नन्द बहादुर दमाई आफ्नै घर नजिकै रहेको स्वाँरी खोल्साको भिरको बाटोबाट चिप्लिएर लड्दा मृत्यु भएको हो ।

आइतवार बिहान करिब १ सय ५० मिटर तल खस्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?