काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले पदभार ग्रहण गरेका छन् । सिंहदरबारमा आईतवार स्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री लामाले सबै पक्षसँग परामर्श गरेर परिणाम देखिने हिसाबले अघि बढ्ने बताएका छन् ।
पदभार ग्रहण गरे पछि युवा तथा खेलकुद मन्त्री लामाले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नव नियुक्त लामा २०६४ सालको संविधानसभा सदस्य थिए ।
साथै, यसअघिका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा आजै मन्त्रालयबाट बिदाइ भएका छन् । विश्वकर्मालाई मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपका सदस्यसचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला लगायतले बिदाइ गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया