काइल कोएट्जरले चुमे ‘आईसीसी मेन्स एसोसियट प्लेयर अफ दी डिसेड’ अवार्ड

काठमाडौं । स्कटल्याण्डका ब्याट्सम्यान काइल कोएट्जरले ‘आईसीसी मेन्स एसोसियट प्लेयर अफ दी डिसेड’ अवार्ड हात पारेका छन् ।

उनले एकदिवसीयमा ४५ दशमलव ५४ को औसतमा २ हजार २ सय ७७ रन बनाएका छन् । आईसीसीले एसोसियटतर्फ ‘मेन्स एसोसियट क्रिकेटर अफ द डिसेड’ अवार्डको लागि नेपालका पारस खड्का सहित ६ खेलाडीलाई मनोनित गरेको थियो ।

यस्तै, नेपालका पारस खड्का, नेदरल्याण्डका पिटर बोरेन र पीएनजीका असद वाला अवार्डको मनोनयनमा थिए ।

आईसीसीले आईतवार औपचारिक रुपमा एसोसियटतर्फ ‘प्लेयर अफ दी डिसेड’को रुपमा स्टकल्याण्डका खेलाडीलाई विजेता घोषित गरेको हो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?