रहाणेले सचिनको रेकर्ड बराबरी गरे

काठमाडौं । भारतले मेलबर्नमा भइरहेको दोश्रो टेस्टको दोश्रो दिनमा अष्ट्रेलियामाथि ८२ रनको अग्रता कायम गरेको छ ।

भारतका कप्तान अंजिक्य रहाणेले यो म्याचमा सचिन तेन्दुलकरले २१ वर्ष पहिला बनाएको रेकर्ड बराबरी गरेका छन् । उनले टेस्ट क्रिकेटमा कप्तान बनेर शतक हान्ने दोश्रो भारतीय ब्याट्सम्यान बनेका छन् ।

मेलबर्नमा उनले २ शतक प्रहार गरेका छन् ।

उनी दुई शतक मेलबर्नमा हान्ने पहिलो भारतीय खेलाडी समेत बनेका छन् । रहाणेले यो भन्दा पहिला २०१४ मा पनि अष्ट्रेलियामा १४७ रनको पारी खेलेका थिए ।

सचिनले १९९९ मा अष्ट्रेलियाविरुद्ध टेस्टमा शतक प्रहार गरेका थिए । त्यो बेला उनले ११६ रन बनाएका थिए ।

१९९९ मा भएको यो म्याचमा अष्ट्रेलियाले भारतलाई २८५ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?