२०७७, १२ पुष आईतवार १६:२२

नेपालमा आज ४८१ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु


प्रकाशित मिति : २०७७, १२ पुष आईतवार १६:२२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८२५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७३१ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार ८६३ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ ।

अहिलेसम्म नेपालमा १९ लाख ९ हजार ६५४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस