प्रधानमन्त्री कप : लुम्बिनीको लगातार दोस्रो जित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हात पारेको छ । आईतवार भएको समूह एको आफ्नो दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ९ विकेटले पराजित गरेको हो ।

मौसमका कारण १३ ओभरमा खेलाईएको खेलमा पहिले ब्याटिङ्ग गरेको कर्णालीले ६ विकेट गुमाएर ३४ रन बनाएको थियो । कर्णालीका कुनैपनि खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । अघिल्लो खेलमा समेत कुनैपनि खेलाडीले दोहोरो अंक बनाएका थिएनन् ।

लुम्बिनीकी नेरी थापाले दुई, सरिता मगर र गिता गोसाईले समान एक एक विकेट लिए । ३५ रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र एक विकेट गुमाएर पुरा गर्यो ।

अतिरिक्त २० रन पाएको लम्बिनीकी नेरी थापा ९ रन र सरस्वती मगर ३ रनमा अविजित रहिन् । ओपनर गिता गोसाई ४ रनमा आउट भएकी थिईन् ।
कर्णालीकी अन्जु गुरुङले एक विकेट लिईन् ।

लगातार दुई खेलमा जित निकाल्दै शीर्ष स्थानको लुम्बिनीले ६ अंक जोडेको छ । कर्णाली अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?