काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले उखु किसानहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।
संसद विघटनविरुद्ध जसपाले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेता भट्टराईले त्यस्तो बताएका हुन् ।
“उखु किसानहरुको जम्मा बक्यौता ९० करोडजति होला । म भएको भए किसानहरुको बक्यौता आजै दिन्थे ।” उनले भने ।
आफू अर्थमन्त्रीको रुपमा काम गरेको अनुभव सुनाउँदै डा भट्टराईले हरेक मन्त्रालयमा जगेडा कोष हुने र त्यसबाटै सरकारले किसानहरुको माग सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
सरकारले आफैँ काम नगरेको बताउँदै प्रधानमन्त्री ओलीको काम गर्ने शैलीलाई नाच्न नजान्ने आँगन ढेडो भएको भन्ने संज्ञा दिएका छन् । “म अर्थमन्त्री समेत भएर काम गरेको मान्छे हुँ । हरेक मन्त्रालयमा जगेडा कोष रहेको हुन्छ । त्यहिबाट सरकारले किसानको पैसा भुक्तान गरिदिन सक्छ । आफैँ काम नगर्ने अनि काम गर्न दिएनन् भन्ने त्यस्तो भन्न मिल्छ ? नाच्न नजान्ने आँगन टेडो भनेझै भयो ।” उनले भने ।
त्यस्तै नेता डा भट्टराईले यो चुनाव गर्ने बेला नभएको बताएका छन् । कोरोना महामारीका कारण अर्थतन्त्र धरासायी बनेका बेला निर्वाचन गर्दा थप जटिलता आउने बताउँदै उनले त्यस्तो बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया