यो प्रोजेक्टमा एकसाथ देखिँदै महेश बाबु र रणवीर सिंह

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह अहिले आफ्नो अपकिमङ फिल्म सर्कसलाई लिएर चर्चामा छन् । रोहित शेट्टीको यो फिल्ममा चार्ली बनेर हंगामा मच्चाउन उनी तयार छन् ।

यसैबीच फिल्मलाई लिएर अर्को खबर बाहिरिएको छ ।

हालैमात्र रणवीरले आफ्नो इन्स्टाग्राम अकाउण्टमा साउथ सुपरस्टार महेश बाबुसँगको फोटो शेयर गरेका छन् । यो फोटो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

तस्वीर शेयर गर्दै रणवीरले महेश बाबुको प्रशंसा गरेका छन् ।

उनले क्याप्शनमा लेखेका छन्, ‘तपाई सबैभन्दा राम्रो व्यक्तिमध्येको एक, तपाईसँग काम गर्न अवसर पाएकोमा म सौभाग्यशाली ठान्छु । तपाईका लागि धेरै माया अनि रेस्पेक्ट ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?