२०७७, १२ पुष आईतवार १४:०२

संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले गर्‍यो काठमाडौंमा आन्दोलन


प्रकाशित मिति : २०७७, १२ पुष आईतवार १४:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक,अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै जसपाले काठमाडौंमा भएको विरोध प्रदर्शन गरेको हो।

शान्तिबाटिकाबाट शुरू भएको र्‍यालीमा शीर्ष नेताहरु डा.बाबुराम भट्टराई,उपेन्द्र यादव, राजेन्द्र महतो,राजेन्द्र श्रेष्ठ, हिसिला यमी,गंगा श्रेष्ठ,नवराज सुवेदी लगायतको सहभागिता छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते आइतवार हठात रुपमा संसद विघटन गरेपश्चात् देशभर विरोध प्रदर्शन भइरहेको छ । सत्तारुढ पार्टीकै अर्को समूहले पुस १४ गते विरोध प्रदर्शन गर्दैछ । भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुस १३ गते सोमवारका लागि विरोध प्रदर्शन गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस