कोरोनाको नयाँ प्रकारसँग नडराउनुस् : डब्ल्यूएचओ

काठमाडौं बेलायतमा कोरोनाको नयाँ स्वरुप (स्ट्रेन) सँग डराउनु आवश्यक नरहेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ ।

डब्ल्यूएचओकी मुख्य वैज्ञानिक डाक्टर सौम्या नाथनले यसको जानकारी दिएकी हुन् । उनले यसको भ्याक्सिन पनि ६ हप्तामा उपलब्ध हुने बताएकी छन् ।

कोरोना भाइरसका कारण विश्वमा हालसम्म ८ करोड ७३ लाख ३१ हजार ९९२ जनालाई कोरोना संक्रमण भएको छ भने १७ लाख ६४ हजार ९१३ जनाको कोरोना भाइरसबाट निधन भएको छ ।

त्यस्तै विश्वमा ५ करोड ६९ लाख २४ हजार ९९३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ लाख ५ हजार ५१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?