२०७७, १२ पुष आईतवार १३:४३

नवनियुक्त खानेपानी मन्त्री थापाले सम्हाले जिम्मेवारी, गरे यस्तो प्रतिवद्धता


प्रकाशित मिति : २०७७, १२ पुष आईतवार १३:४३

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री मणिचन्द्र थापाले देशका ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाईको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेर मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

आइतवार खानेपानी मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हाल्दै थापाले देशभरी ७७ वटै जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । कार्यभार सम्हाल्दै मन्त्री थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गर्ने बताए । उनले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको पनि बताए ।

मन्त्री थापाले मन्त्रालयको काममा आफ्नो तर्फबाट कुनै प्रकारको दवाव नहुने बताए । देखापर्ने समस्यालाई आपसी सहकार्य र अन्तर्कियाबाट समाधान गर्न सकिनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस