ट्रम्पले गल्फ खेलेर मनाए क्रिसमस

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको दर झनै बढ्दै गइरहेको छ ।

कोरोना संक्रमणको वृद्धिका कारण सरकारद्वारा लकडाउनको आशंका र राहत प्याकेजको कुनै निर्णय नभएको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको दिन फ्लोरिडामा गल्फ खेलेर बिताएका छन् ।

अहिले ट्रम्पका कुनै पनि सार्वजनिक कार्यक्रम नभएको बताइएको छ ।

अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म एक करोड ९४ लाख ३३ हजार ८४७ जनालाई कोरोना संक्रमण भएको छ भने ३ लाख ३९ हजार ९२१ जनाको मृत्यु भएको छ ।

त्यस्तै १ करोड १४ लाख १० हजार ५०१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७६ लाख ८३ हजार ४२५ जनाको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?