२१ आश्विन २०७९, शुक्रवार

जंगली हात्तीले घर भत्कायो, धानबाली पनि नोक्सान

२०७४,आश्विन,१५,आईतवार १४:४०

0
Shares

कञ्चनपुर, १५ असोज ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा गएराति आएको जंगली हात्तीको बथानले स्थानीय बासिन्दाको घर भत्काउनाका साथै एक बिगाहा जग्गामा लगाएको आठ परिवारको धानखेतीमा नोक्सानी गरेको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानले स्थानीय धनमतीदेवी खत्रीको कच्ची घर भत्काएको छ ।स्थानीय मुकेशबहादुर साउद, शेरबहादुर साउद, कृष्ण रावल, धुम्मन रानासहित आठजनाको एक बिगाहा खेतमा पाक्नै लागेको धानबालीमा पूर्णरुपमा नोक्सानी गरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए ।हात्तीको बथान निकुञ्ज क्षेत्रमै भएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उनले बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार १४:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको

काठमाडौं । काठमाडौं उपत्यकामा फूलपातीदेखि आज शुक्रवार दिउँसोसम्म विभिन्न घटना/दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । मृत्यु हुनेमा चार

बैतडी । बैतडीमा आगलागीबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन् । पुर्चौँडी नगरपालिका–८ डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया जयमती

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्नुपर्ने स्वःघोषणा सार्वजनिक

ताजा समाचार

गठबन्धन र लोसपाको वार्ता सकारात्मक
 २०७९,आश्विन,२१,शुक्रवार २२:१२
प्रचण्ड गोरखा–२ बाट निर्वाचन लड्ने पक्का
 २०७९,आश्विन,२१,शुक्रवार २१:३५
हेर्नुहोस् आजको टप–१५ समाचार (भिडियोसहित)
 २०७९,आश्विन,२१,शुक्रवार १९:५२