अष्ट्रेलिया Vs भारत दोश्रो टेस्ट : रहाणेको १२ औँ शतक

काठमाडौं । भारत र अष्ट्रेलियाबीचमा भइरहेको ४ म्याचको टेस्ट सीरीजको दोश्रो म्याच मेलबर्नमा भइरहेको छ ।

यो बक्सिङ डे टेस्टको दाश्रो दिन भारतीय कप्तान अंजिक्य रहाणेले टेस्ट करियरको आफ्नो १२ औँ शतक प्रहार गरेका छन् । त्यस्तै अष्ट्रेलियामा भने यो उनको दोश्रो शतक हो ।

यो भन्दा पहिला उनले २०१४ मा बक्सिङ डे टेस्टमा मेलबर्न क्रिकेट ग्राउण्डमै १४७ रनको पारी खेलेका थिए । टीम इण्डियाले अष्ट्रेलियामाथि ७४ रनको अग्रता लिएको छ ।

म्याचको ८१ औँ मिनेटमा मिचेल स्टार्कको बलमा स्टिव स्मिथले रहाणेको क्याच मिस गरेका थिए । त्यो बेला रहाणे ७३ रन बनाएर खेलिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?