काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध सोमवार (भोली) गर्ने प्रदर्शनमा नेताहरुलाई आ-आफ्नै निर्वाचन क्षेत्रका कार्यक्रमहरुमा सहभागी हुन निर्देशन दिएको छ ।
कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरुद्ध पुस १३ गते देशका १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको छ ।
यद्यपी कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा नजाने भएका छन् । कार्य व्यस्तताका कारण सभापति शेरबहादुर देउवा भने भक्तपुरमा हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।
तर अन्य कांग्रेसका शीर्षलगायत केन्द्रीय सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुन निर्दशन दिइएको जनाइएको छ ।
गत आइतवार (पुस ५ गते) प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि कांग्रेसको बिहीवार बसेको केन्द्रीय समिति बैठकले देशभर प्रर्दशन गर्ने घोषणा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया