यो देशमा गिफ्ट दिन पुगे कोरोना संक्रमित सान्टा क्लस : १५७ जनालाई संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं । एक केयर होममा कोरोना संक्रमित सान्टा क्लस आएको कारण त्यहाँ बस्ने १२१ जना मानिस र ३६ जना स्टाफलाई कोरोना संक्रमण भएको छ ।

संक्रमणपछि १८ जनाको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । यो घटना बेल्जियमको हो ।

डेली मेलको रिपोर्टका अनुसार दुई हप्ता पहिला सान्टा क्लस आफ्ना केहि साथीसँग बेल्जियमको एन्टवर्पको केयर होममा गएका थिए । २४ र २५ डिसेम्बरमा केयर होममा रहेका ५ जनाको मृत्यु भएको थियो ।

एक अन्यलाई भेन्टिलेटरमा अक्सिजन दिएर राखिएको छ ।

रिपोर्टकाअनुसार केयर होम गएको तीन दिनपछि सान्टा क्लसलाई कोरोना संक्रमण भएको थियो । स्थानीय मेयर विम कीयर्सले यो केयर होमको कालो दिन भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?