अष्ट्रेलिया Vs भारत मेलबर्न टेस्ट : शुभमन गिलले डेब्यू टेस्टमा बनाए ४५ रन

काठमाडौं । अष्ट्रेलियाविरुद्ध मेलबर्नमा मैदान उत्रिएको भारतले हालसम्म ८१.३ ओभरमा ५ विकेट गुमाउँदै २४० रन बनाएको छ ।

भारतका लागि कप्तान अंजिक्य रहाणे ८० र रविन्द्र जडेजा ३० रन बनाएर क्रिजमा रहेका छन् ।

यसैबीच अष्ट्रेलियाविरुद्धको खेलमा भारतीय ब्याट्सम्यान शुभमन गिलले टेस्टमा डेब्यू गरेका छन् ।

उनले डेब्यू गेममै ६५ बलमा ४५ रन बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?