नियन्त्रित लागुऔषधसहित एक जना पक्राउ

उदयपुर । उदयपुरको कटारी नगरपालिका-३ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।

बसपार्क एरियामा लागुऔषधको कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा शनिवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का २८ बर्षीय भिम बहादुर खत्रीलाई पक्राउ गरेको हो ।

खड्काको साथबाट प्रहरीले लागुऔषध नाईट्राभेट ५४० ट्याब्लेट र एक बोत्तल डाईलेक्स डि.सी. बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका खड्काको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कर्यालय कटारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?