डब्ल्यूएचओले भन्यो-‘यो अन्तिम महामारी होइन’, क्यानडा र स्विडेनमा पनि नयाँ प्रकारको भाइरस

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस अन्तिम महामारी नभएको बताएको छ ।

डब्ल्यूएचओका चीफ टेड्रोस अधोनम घेब्रेयेससले कोरोना भाइरसकोविरुद्धको लडाईंमा पैसा बगाएर मात्रै केहि नहुने बताएका छन् । उनले अब भविष्यको लागि तयारी गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामी एक महामारीसँग लड्को लागि पैसाको प्रयोग गर्दछौँ र जुन बेला त्यो समस्या सकिन्छ तब हामी त्यसलाई भुलिदिन्छौँ, भविष्यमा यस्ता समस्याबाट बच्नको लागि हामीले आवश्यक कदम उठाउन आवश्यक छ ।’

यसैबीच बेलायतमा पाइएको भनिएको कोरोना भाइरसको नयाँ स्ट्रेनबाट संक्रमित अअन्य देशमा पनि देखिन थालेका छन् । जापान र फ्रान्सपछि क्यानडा र स्विडेनमा पनि नयाँ स्ट्रेनको कोरोना भाइरसका संक्रमित फेला परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?