को थिइन् सलमानकी पहिलो प्रेमीका ?

काठमाडौं । बलिउड अभिनेता सलमान खानको आज जन्मदिन हो ।

उनी आजबाट ५५ वर्षको भएका छन् । उनको लभ लाइफ सधैँ चर्चामा रहन्छ । उनलाई धेरै युवतीहरुले प्रेम गरे । उनी पनि धेरै युवतीसँग प्रेमको चक्करमा परे । तर के तपाईलाई उनको पहिलो प्रेमीका को थिइन् थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ ।

पेशाले मोडल रहेकी शाहीन जाफरी सलमानकी पहिलो प्रेमीका थिइन् ।

शाहीन सुपरस्टार अशोक कुमारकी नातिनी हुन् । अशोक कुमारकी छोरी भारतीले फिल्म अभिनेता सईद जाफरीका भाई हामिद जाफरीसँग दोश्रो विवाह गरेका थिए ।

हामिद भारतीका दुई छोरी भए । जेनिव (आडवाणी) र शाहिन जाफरी ।

यो प्रेम कहानी सलमान फिल्म स्टार नबन्दैको हो । उनी त्यो बेला मुम्बईको सेन्ट जेभियर कलेजमा सेकेण्ड इयर पढिरहेका थिए । शाहीनसँग उनको प्रेम १९ वर्षको उमेरमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?