काठमाडौं । भारत र अष्ट्रेलियाको बीच ४ म्याचको टेस्ट सीरीजको दोश्रो म्याच मेलबर्नमा भइरहेको छ । यो बक्सिङ डे टेस्टको दोश्रो दिन भारतले अष्ट्रेलियामाथि दूरी बढाएको छ ।
भारतीय कप्तान अंजिक्य रहाणे र रविन्द्र जडेजा क्रिजमा रहेका छन् ।
अहिलेसम्म रहाणेले ६४ र जडेजाले १२ रन बनाएर खेलिरहेका छन् । त्यस्तै अष्ट्रेलियन तीव्र गतिका बलर मिचेल स्टार्कले टेस्ट क्रिकेटमा २५० विकेट पूरा गरेका छन् ।
उनले भारतीय ब्याट्सम्यान ऋषभ पन्तलाई आउट गर्दै यो उपलब्धि हात पारेका हुन् । कप्तान रहाणले आफ्नो करियरको २३ औँ अर्धशतक प्रहार गरेका छन् ।
अष्ट्रेलियाविरुद्ध भने उनको ५ औँ अर्धशतक बनाएका छन् । विकेटकिपर तथा ब्याट्सम्यान ऋषभ पन्तले ४० बलमा २९ रन बनाएर आउट भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया