चिनियाँ उपमन्त्री यझाउ नेपाल आइपुगे, क-कसलाई भेट्दैछन् ?

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री गुओ यझाउ काठमाडौं आइपुगेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजनपछि उपमन्त्री यझाउको नेपाल भ्रमणलाई निकै चासोपूर्ण रुपमा हेरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत रहेका गुओको भ्रमण नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले मिलाएको बताइएको छ ।

नेपाल भ्रमणमा रहँदा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायत नेताहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?