न्युक्यासल युनाईटेडलाई पराजित गर्दै म्यान्चेष्टर सिटी शीर्ष ५ मा

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले जित हात पारेको छ । शनिवार राति भएको खेलमा न्युक्यासल युनाईटेडलाई २-० गोल अन्तरले पराजित गर्दै म्यान्चेष्टर सिटीले जित हात पारेको  हो ।

जित निकाल्दै सिटीले शीर्ष क्लब लिभरपुलसँगको दुरी ५ अंकमा झारेको छ ।

खेलको १४ औं मिनेटमा गुन्डोगनले गरे । खेलको ५५ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीलाई जित दिलाए । । जितसँगै सिटी तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

न्युक्यासल १८ अंक सहित तालिकाको १२ औं स्थानमा छ । सिटी २६ अंक सहित तालिकाको शीर्ष ५ मा उक्लिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?