प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलविरुद्ध खनिए बाबुराम : भने- ‘यो कहाँको विधि र परम्परा हो ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेकोप्रति विरोध जनाएका छन् ।

आफैँ संसद विघटन गरी चुनावको घोषणा गरेर मन्त्रिमण्डल विस्तार र पुनर्गठन गर्ने भन्दै आक्रोश व्यक्त गरेका हुन् । डा भट्टराईले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “आफै असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने !”

साथै डा भट्टराईले यसरी मन्त्रिमण्डल विस्तार र पुनर्गठन गर्नु कहाँको विधि र परम्परा हो ? भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्री ओलीको उक्त कदम राजा ज्ञानेन्द्रले गरेको कदमसँग तुलना गर्दैै सत्ता अकंटक चलाउने ध्याय भएको भन्दै प्रश्न गरेका छन् ।

“यो कहॉको विधि र परम्परा हो ? सत्ता अकंटक चलाउने ध्येय स्पष्ट भएन र ? ज्ञानेन्द्रले गरेको यै हैन र ? संविधानरलोकतन्त्र माथि यस्तो खेलबाड हुॅदा चूप बस्ने हामी कि ओली मूर्ख ? ” उनले भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?