प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

३६ सांसदको हस्ताक्षरसहित प्रदेशसभा सचिवालयमा राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो ।

यसअघि शनिवार प्रदेश १ का मुख्यमन्त्री राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेका थिए ।

त्यस्तै आज नै प्रदेश नं १ का २ राज्यमन्त्रीसहित ३ जना मन्त्रीहरुले राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरुमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार रहेका छन् ।

संसद विघटनपछि प्रदेशहरुमा त्यसको प्रत्यक्ष असर परेको छ ।

यसअघि शुक्रवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?