काठमाडौं । प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । शनिवार राति ईमिरेट्स मैदानमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमै आर्सनलले २–० को अग्रता लिएको थियो । आर्सनलका अलेक्जेन्ड्रे लाकाजेटले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ग्रेनिट जाकाले फ्रि–किकमार्फत शानदार गोल गर्दै खेल नियन्त्रणमा राखेका थिए ।
बुकायो साकाले दोस्रो हाफको सुरुवातमै आर्सनललाई ३–० को अवस्थामा पुर्याए । खेल सकिन ५ मिनेट अघि चेल्सीका टमी अब्राहमले गोल गरेपनि खेलमा फर्कन भने सकेनन् ।
खेलको अन्तिम समयमा चेल्सीले पेनाल्टीको समेत अवसर पाएको थियो । तर जोर्गिन्होको प्रहारलाई आर्सनलका गोल किप्पर बर्न लेनोले रोकेका थिए ।
आर्सनले १७ अंक जोड्दै तालिकाको १४ औं स्थानमा उक्लिएको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया