काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी ९जसपा०ले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ। पार्टीले मध्यान्ह १२ बजे प्रदर्शन गर्न लागेको हो। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी आमचुनावको घोषणा गरेसँगै दाहाल(नेपाल पक्षिय नेकपा र प्रतिपक्षी दलहरु विरोधमा उत्रेका छन्।
रत्नपार्कस्थित शान्ति वाटिकाबाट सुरु हुने जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा पुगी सभामा परिणत हुने जसपाले जनाएको छ । सभालाई नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र अशोक राईले सम्बोधन गर्नेछन् । जसपाले यसअघि मसाल जुलुस प्रदर्शन गर्नुका साथै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएर सरकारको कदमको विरोध गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया