लेस्टर र म्यानचेस्टरले बराबरी खेल्दै अंक बाँडे

लण्डन । इङ्ग्लिस प्रिमियर लिग (इपीएल)मा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् । शीर्ष स्थानको होडमा रहेका लेस्टर र म्यानचेस्टरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

अवे मैदानमा भएको खेलमा युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे । लेस्टरका लागि हार्वे बार्नेसले एक मात्र गोल गरे पनि एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

बराबरीपछि तेस्रो स्थानमा झरेको लेस्टरको १५ खेलबाट २८ तथा चौथो स्थानको म्यानचेस्टर युनाइटेडको २७ अंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?