गुल्मीमा ट्रकको ठक्करबाट २ पैदल यात्रुको मृत्यु

काठमाडौं । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रुको ज्यान गएको छ ।

मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतवार(आज) बिहान दुर्घटना भएको हो । त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?