पीएम कपमा आज लुम्बिनी र कर्णाली तथा एपीएफ र प्रदेश २ खेल्दै

दाङ । प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी ट्वान्टी क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । पहिलो खेलमा लुम्बिनी र कर्णाली मैदान उत्रने छन् भने दोस्रो खेलमा एपीएफ र प्रदेश २ खेल्ने छन् ।
बिहान साढे ९ बजे हुने पहिलो खेलमा कर्णाली प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन् । लुम्बिनी प्रदेश लगातार दोस्रो जितको खोजीमा हुनेछ भने कर्णाली प्रदेश पहिलो जितको खोजीमा हुनेछ । लुम्बिनी प्रदेशले पहिलो खेलमा हिजो प्रदेश २ लाई हराएको थियो ।

सोही मैदानमा दिउँसो १ बजे हुने दोस्रो खेलमा एपीएफ र प्रदेश नम्बर २ बीच प्रतिस्पर्धा हुनेछ । एपीएफ पनि लगातार दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रनेछ । प्रदेश २ भने पहिलो जितको खोजीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?