कास्की । पोखरा फोटोग्राफर सङ्घ महिला उपसमितिले मस्तिष्क पक्षघात भएका बालबालिकालाई सहयोग गरेको छ । दानपेटिकामा सङ्कलन भएको १७ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरिएको हो ।
उपसमितिले एक वर्षसम्मको अवधिमा सङ्कलित रकमबाट सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको कार्यक्रम संयोजक पूर्णकुमारी थापाले जानकारी दिइन् । उनका अनुसार कोरोना भाइरसको असहज परिस्थितिमा पनि सङ्घमा आबद्ध दिदीबहिनीबाट अन्य खर्च कटाएर सङ्कलन गरेको रकम मस्तिस्क पक्षघात भएका बालबालिकालाई प्रदान गरिएको हो ।
मस्तिष्क पक्षघातका कारण असहज परिस्थितिमा परेका बालबालिकाका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने साथी संसार नेपालका खुमकुमारी रानाको भनाइ छ । सो अवसरमा सङ्घका सदस्य नन्दकला पौडेल, पोखरा फोटोग्राफर सङ्घका निवर्तमान अध्यक्ष तुल्सीराम अधिकारीलगायतले फरक क्षमता भएका बालबालिकाका लागि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया