११ आश्विन २०७९, मंगलवार

जंगली हात्तीले घर भत्कायो, धानबाली पनि नोक्सान

२०७४,आश्विन,१५,आईतवार १४:४०

0
Shares

कञ्चनपुर, १५ असोज ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवामा गएराति आएको जंगली हात्तीको बथानले स्थानीय बासिन्दाको घर भत्काउनाका साथै एक बिगाहा जग्गामा लगाएको आठ परिवारको धानखेतीमा नोक्सानी गरेको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीमा छिरेको हात्तीको बथानले स्थानीय धनमतीदेवी खत्रीको कच्ची घर भत्काएको छ ।स्थानीय मुकेशबहादुर साउद, शेरबहादुर साउद, कृष्ण रावल, धुम्मन रानासहित आठजनाको एक बिगाहा खेतमा पाक्नै लागेको धानबालीमा पूर्णरुपमा नोक्सानी गरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए ।हात्तीको बथान निकुञ्ज क्षेत्रमै भएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको उनले बताए । 

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार १४:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिन्धुपाल्चोक। नेपाल–चीन व्यापारिक केन्द्र तातोपानीस्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय सञ्चालन तथा व्यस्थापन निजी क्षेत्रमार्फत सञ्चालनमा आएको छ । समिति

काठमाडौं । वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश बनेका छन् । मंगलवारदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीलाई दिइएको हो

खोटाङ । काम छाडेर ठेकेदार वेपत्ता भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ खापरथानमा हिजो बेलुकी ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय

ताजा समाचार

कोरोना अपडेट : ५४ जनामा संक्रमण पुष्टि
 २०७९,आश्विन,११,मंगलवार १६:३०
नेप्सेमा १५ अंकको वृद्धि
 २०७९,आश्विन,११,मंगलवार १६:२०