काठमाडौंमा हिजो भन्दा आज न्यानो, केही दिन मौसम सामान्य रहने

काठमाडौं । आज आइतवार काठमाडौं उपत्यकाको मौसम सफा रहने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको मौसम सफा रहने छ भने उच्च हिमाली भूभागमा हिमपात पर्ने सम्भावना छ ।
पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने अहिले हल्का बादल लागे पनि अन्य स्थानको मौसम सामान्यतया सफा रहेको जनाइएको छ ।

आज काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री छ । हिजो काठमाण्डौको तापक्रम यो वर्ष जाडो सुरु भएपछिकै सबैभन्दा कम १.३ डिग्रीमा झरेको थियो । आज तराईका जिल्लामा सामान्य कुहिरो र हुस्सु लागेको महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?