काठमाडौं । काठमाडौंको सुकेधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गएराति करिब साढे ९ बजेतिर बा ३६ प ४०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर धोबीखोलामा खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली नगरपालिका ५ घर भई काठमाडौं कपन बस्दै आएका २७ वर्षीय लोकनारायण श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएको उपचारका क्रममा चाबहिलस्थित नेपाल भारत अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया