नवनियुक्त मन्त्री चौधरीको पुत्ला दहन

काठमाडौँ– नव नियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीको शनिवार कैलालीको हसुलियामा पुत्ला दहन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कैलारी गाउ कमिटीले चौधरी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको मतियार बनेको भन्दै पुत्ला दहन गरिएको हो । शनिवार बिहान बसेको गाउ“ कमिटीको बिस्तारित बैठककपछि मन्त्री चौधरीको पुत्ला दहन गरिएको नेकपा कैलाली सचिवालय सदस्य परशु चौधरीले बताए ।

चौधरीलाई प्रधानमन्त्री ओलीले शुक्रवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?