काठमाडौँ– इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी बराबरीमा रोकिएका छन् । शनिवार भएको खेलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीचको खेल २-२ गोलको बराबरीमा रोकिएको हो ।
म्यानचेस्टर युनाइटेडका लागि मार्कोस राशफोर्ड र ब्रुनो फेर्नान्डेजले एक-एक गोल गरेका थिए । त्यस्तै लेस्टर सिटीका लागि हार्भी बर्नेज र जेम्स भार्डीले एक एक गोल गरेका थिए ।
प्रिमियम लिगअन्तर्गत लेस्टरको घरेलु मैदानमा म्यानचेस्टरले अग्रता बनाए पनि लेस्टरले त्यसको ८ मिनेट निबत्दै बराबरी गोल फर्काएको थियो। म्यानुका लागि खेलको २३ औं मिनेटमा मार्कस रासफोर्डले गोल गरेका थिए। तर खेलको ३१ औं मिनेटमा हार्भी बार्न्सले बराबरी गोल फर्काएका हुन्। पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो।
खेलको दोस्रो हाफमा पनि म्यानुले नै अग्रता बनाएको थियो। ७९ औं मिनेट ब्रुनो फर्नान्डेजले गोल गर्दै टोललाई २–१ गोलअन्तरले बढाएका थिए। तर फेरि लेस्टरका जामी भार्डीले ८५ औं मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए।
यो बराबरीपछि लेस्टर सिटीको १५ खेलमा २८ अंक रहेको छ भने म्यानचेस्टर सिटीको १४ खेलमा २७ अंक भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया