काठमाडौँ– शनिवार बर्खास्त गरिएका प्रदेश नम्बर–१ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद दिएका छन् ।
उनले प्रदेश सरकारमा काम गर्ने अवसर दिएको भन्दै उनले मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद दिएका हुन् । ‘‘प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा दुई वर्ष १० महिना काम गर्ने अवसर दिनुभएकोमा मा. मुख्यमन्त्री शेरधन राईलाई धन्यवाद व्यक्त गर्दछु,’’ उनले शनिवार साँझ फेसबुकमा लेखेका छन् ।
मुख्यमन्त्री राईले आजै उनलाई बर्खास्त गरेका थिए । नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहमा रहेका उनले मुख्यमन्त्री राईबिरुद्ध अविश्वासको प्रस्ताव दर्ताका अभियान चलाएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया