काठमाडौं । ललितपुरमा ६४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । ६४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ सुइरे बस्ने ६५ वर्षीय इन्द्र बहादुर तामाङलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
तामाङले ती महिलालाई आफ्नै घरभित्र बसिरहेको अवस्थामा गत मंसिर २४ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया