काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८१९ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ सय ४० रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४९ रहेको छ ।
३ हजार ३ सय ४९ होम आइसोलेसनमा छन् भने २ सय ८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार झापमा ५, धनकुटामा ३, मोरङमा ४, सोलुखुम्बुमा १, धनुषामा २, बारामा १, महोत्तरीमा १, काठमाडौंमा २०९, काभ्रेमा १०, चितवनमा ४, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा १६, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ४२ र सिन्धुपाल्चोकमा ५ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै सिन्धुलीमा ३, कास्कीमा ३३, गोरखामा १४, तनहुँमा २, म्याग्दीमा ४, लमजुङमा १, बागलुङमा १, स्याङ्जामा १, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा ५, दाङमा २३, नवलपरासीमा ५, पाल्पामा १, प्यूठानमा ४, बर्दियामा ४, बाँकेमा १८, रुपन्देहीमा २८, रोल्पामा १, अछामा ४, डडेल्धुरामा १ र बझाङमा १२ जना कोरोना संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया