नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ४९ हजार नाघ्यो, कति छन् सक्रिय संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ४० जना कोरोना संक्रमण मुक्त भएका छन् ।  योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८१९ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ४९ रहेको छ ।

३ हजार ३ सय ४९ होम आइसोलेसनमा छन् भने २ सय ८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?